२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्ला २४ घण्टा : 'थप १ हजार ३८८ मा कोरोना सङ्क्रमण , २४ को मृत्यु '

आइतवार , भाद्र १३, २०७८

काठमाडौँ, भदौ । पछिल्ला केही दिनयता नयाँ थपिने सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । गत साता ४० हजार पुगेको सक्रिय सङ्क्रमित सङ्ख्या आइतबार आज ३५ हजार ७ सयमा झरेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३८८ मा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

हालसम्म पिसिआर विधिबाट ७ लाख ५९ हजार २२२ मा र एन्टिजेन विधिबाट ८२ हजार ९७१ मा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २६०  कोभिड १९को सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख १२ हजार ७१२ पुगेको छ । पछिल्लो २४ घण्टामा २४ को मृत्यु भएको छ ।

हालसम्म मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार २९७ को नमुना परीक्षण गरिएको छ ।

हाल ६२५ को आइसियु र १६७ को भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय सङ्क्रमित सङ्ख्या ३५ हजार ७९६ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार