२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

महामन्त्री खड्काले भने : ' भदौ १८ गते वडा अधिवेशन हुन्छ'

आइतवार , भाद्र १३, २०७८

 काठमाडौँ, भदौ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भदौ १८ देखि पार्टीको वडा अधिवेशन सुरु हुने बताएका छन् । वडा अधिवेशनसँगै महाधिवेशन आरम्भ हुने भन्दै उनले नेता कार्यकर्तालाई तयारीमा जुट्न आग्रहसमेत गरेका छन् ।

महाधिवेशनका विषयमा अझै पनि भ्रम रहेको जनाउँदै महामन्त्री खड्काले ट्विटरमा लेखेका छन्, अब कहीँ कतै भ्रम नरहोस् । अन्योल र अलमलमा नपरौँ ।

भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ हुन्छ खड्काले थप लेखेका छन्, वडा अधिवेशनसागै नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ ।

पार्टीका सबै तहका नेता, पार्टी सदस्य, शुभचिन्तक हामी सबै पार्टीको महाधिवेशनरूपी महायज्ञमा जुटौं ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार