काठमाडौं, भदौ । सिन्धुलीको सुनकोसी गाउँपालिका र विभिन्न स्थानीय तहबाट एमाले र माओवादी परित्याग गरि दुई सय युवा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
काङ्ग्रेस सिन्धुली काठमाडौ सम्पर्क समितिको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा नेता गगन थापा र जिल्ला सभापति उज्वल बराल नवप्रवेसीलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए ।
नेपाली काङ्ग्रेसमा प्रवेश गर्न धेरै स्थानबाट थुप्रै युवा इच्छुक रहेको र आउनेक्रम जारी रहेको सम्पर्क समितिका सभापति युवराज गुरुङले जानकारी दिए ।
नकोसी गाउँपालिका इकाई समिति सभापति चन्द्र श्रेष्ठले कार्यक्रम सम्पन्न गर्न स्थान उपलब्ध गराइदिएकोमा श्रीखण्ड होटेलका संचालक युवा नेता अन्जनी कोइरालालाई धन्यवाद दिएका थिए