२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औँ महाधिबेशन

क्रियाशील सदस्यता नामावली : " ५३ जिल्लाको सार्वजनिक, २४ जिल्ला बाँकी "

५३ जिल्लामा निर्वाचन अधिकृत पनि खटाइएको छ 

आइतवार , भाद्र १३, २०७८


काठमाडौं, भदाै । नेपाली कांग्रेसले अहिलेसम्म ५३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले शनिबार थप पाँच जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेसँगै यो संख्या ५३ पुगेको  केन्द्रिय निर्बाचन समिति सदस्य एकराज पोखरेलले जानकारी दिएका छन ।  
यसअघि बिहीबार ३८ र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको थियो । क्रियाशील सदस्यता छानविन समितिले कार्य सम्पन्न गरेका पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेसँगै यो संख्या ५३ पुगेको  हो । 

शनिबार समितिले नुवाकोट, धादिङ, चिवतन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको हो । यी जिल्लाहरुमा निर्वाचन अधिकृत पनि खटाइएको छ । 

अर्घाखाँची क्रियाशील सदस्यको नामावली केन्द्रीय कार्यालयमा बुझाउने पहिलो जिल्ला हो । यद्यपि अहिले आएर अन्तिम नामावलीसहित सार्वजनिक गर्दा ५३ औं जिल्ला बन्न पुगेको छ ।  क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा राखिएको छ । 

भदौ १८ गतेदेखि स्थानीय तहबाट महाधिवेशनको चुनावी प्रक्रियाको थालनी हुँदैछ । तर अझै २४ जिल्लाका क्रियाशील सदस्यको नामावली भने टुंगो लगाउन बाँकी रहेको छ । 
पार्टी मुख्यालय वीपीनगरमा रिले अनसनमा बसेका जिल्ला सभापतिहरुको रिले अनसन शीर्ष तीन नेताहरु गएर तोडाएपछि पार्टीको १४ औं महाधिवेशन समयमै हुने निश्चित प्रायः भएको छ । 
पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिरमा काठमाडौंमा हुँदैछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार