काठमाडौं, भदौ । मन्त्रिपरिषदलाई पूर्णता दिनेबारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेटघाट भएको छ ।
प्रचण्डको निजी सचिवालयका अनुसार, शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको हो ।
दुई नेताबीच बालुवाटारमा शनिबार बिहान करिब एक घण्टा छलफल भएको र उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गठबन्धन सरकार गठन भएको लामो समय वितेपनि मन्त्रिपरिषदले पूर्णता नपाएपछि आलोचना हुन थालेको छ ।