२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

निर्वाचन आयोग : 'एकीकृत समाजवादी र लोसपाका सांसदको सूची संसदलाई दियो '

शुक्रवार , भाद्र ११, २०७८

काठमाडौं, भदौ । नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको निर्वाचन आयोगले संघीय संसद सचिवालयलाई जानकारी पठाएको छ ।

माधवकुमार नेपाल नेतृत्व एकीकृत समाजवादीमा ३० र लोसपामा १४ संघीय सांसद रहेको विवरण आयोगको पत्रमा रहेको संसद सचिवालयले जनाएको छ ।

एमालेबाट निर्वाचित थप चार सांसदले पनि एकीकृत समाजवादीमा रहन चाहेको निवेदन दिएको पनि आयोगले संसद सचिवालयलाई जानकारी गराएको छ ।

नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ९ गते सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले निवेदनबारे कुनै निर्णय लिएको छैन ।

सरकारले २० प्रतिशत संघीय संसद वा केन्द्रीय समितिमा पर्याएर दल विभाजन गर्न पाउने गरी अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको हो ।

दुबै दललाई निर्वाचन आयोगले ९ भदौमा मान्यता दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार