काठमाडौँ, भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दल बिभाजन हुनुमा केही व्यक्तिको स्वार्थ नै मूल कारण रहेको बताएका छन्। अध्यक्ष ओलीले बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै भने, केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुटेको हो ।
आन्दोलन हाँक्ने अभिभारा, काँधको जिम्मेवारी र जनताका सामु गरिएका प्रतिवद्धता भुलेर पार्टी फुटाइएको उनको भनाई छ।
उनले भने, ‘हिजोसम्म हामीसँगै रहेका केही मित्र आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनको अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारी बिर्सिएर, आफूले हिजो जनताका अगाडी जनाएका प्रतिवद्धता बिर्सिएर, आफूले लिएका सपथ बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर भावावेशमा, अकारण, सैद्धान्तिक मतभेद भएर होईन, कसैले लखेटेर बस्न नसकेर होईन, सामान्य अवस्थामा त पार्टी चलिरहेको बेला, अगाडी बढिरहेको बेला स्वार्थवश, केहीका स्वार्थमा, केहीका अहंकारमा, केहीको ईष्यावश एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभएछ।ु
उनले थपे, आन्दोलनलाई नोक्सान पार्ने, कतिसम्म सकिन्छ त्यतिसम्म नोक्सान पार्ने त्यस काममा लागिरहनुभएको छ। केन्द्र प्रदेश र पालिकामा विभिन्न तहमा, विभिन्न तहका पार्टी कमिटी र संगठनहरु, जनवर्गिय, पेशागत र सामुदायिक संगठनहरु आन्दोलनलाई कमजोर पार्ने र पार्टीलाई कमजोर पार्ने काममा लाग्नुभएको छ जुन दुःखद कुरा हो।’