२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा : 'थप २ हजार ४३३ संक्रमित, २६ को मृत्यु'

बिहिवार , भाद्र १०, २०७८

काठमाडौँ, भदौ। पछिल्लो २४ घण्टामा देशभर २४३३ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण भएको हो ।

सोही अवधिमा १९२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेन विधिबाट ८१ हजार ९६८ जना पुगेको छ ।

संक्रमितमध्ये ७ लाख ५ हजार ८९३ जना निको भएका छन् ।देशभर कोरोना संक्रमणबाट १० हजार ६३८ को मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार