२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राजनीतिक दलसम्बन्धी अध्यादेश

प्रवक्ता कार्कीले भने : 'सरकारले ल्याएको अध्यादेश कुनै पार्टी फुटाउन नभई संसद्को स्थिरताका लागि हो'

बिहिवार , भाद्र १०, २०७८


इनरुवा, भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश संसद्को स्थिरताका लागि भएको सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन । 
सुनसरीको कोशी गाउँपालिका–३ स्थित जङ्गली जनावरबाट पीडित भएकासँग आज छलफल गर्दै मन्त्री कार्कीले अध्यादेश संसद्को स्थिरताका भएको दावी गरे । उनले भने, “सरकारले ल्याएको अध्यादेश कुनै पार्टी फुटाउन नभई संसद्को स्थिरताका लागि हो, यो बाध्यात्मक अवस्थाको उपज हो ।”
गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाइ भएको बताउँदै प्रवक्ता कार्कीले वर्तमान सरकारले छिट्टै पूर्णता पाउने विश्वास दिलाए । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न उहाँ यहाँ आउनुभएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार