२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एमाले : 'आज केन्द्रीय कमिटी बैठक बस्दै' 

बिहिवार , भाद्र १०, २०७८

काठमाडौं, भदौ  । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज,  बिहीबार, दिउँसो बस्ने भएको छ ।   ललितपुरको तुलसीलाल प्रतिष्ठान च्यासलमा मध्यान्ह १२ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले मिडियालाई जानकारी दिएका छन् । 

यो बैठक गम्भीर बैठक हुनेछ । एमालेबाट फुटेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी बनेपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । 

बैठकमा एकीकृत समाजवादीमा गएका र जान चाहेका केन्द्रीय सदस्य तथा सांसदहरुलाई कारबाही प्रक्रया अगाडि बढाउने बारेमा निर्णय हुनेछ ।
त्यस्तै विधान अधिवेशन र पार्टीको स्थानीय तहको अधिवेशनको सम्बन्धमा पनि निर्णय गर्ने एजेण्डा रहेको बुझिएको छ ।

त्यसैगरी बैठकबाट १० बुँदे सहमति कार्यान्वयन गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गर्ने र पार्टी सदस्यता वितरणको विषयमा पनि निर्णय गर्ने बताइएको छ । 

एमालेमा अन्तिम समयमा आएर तेस्रो धार भनिएका माधवकुमार नेपाललाई धोका दिएका नेताहरु समेटिएका छन् । यसले एमालेको ठूलो पहिरोलाई रोकेको विश्लेषण गरिए पनि माधवकुमार नेपाल पक्षमा पनि ठूलो संख्यामा सांसद र केन्द्रीय सदस्यहरु गएपछि एमालेलाई झड्का भने लागेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार