२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

गृहमन्त्री भैरहवामा : 'अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिबारे जानकारी ' 

बिहिवार , भाद्र १०, २०७८


काठमाडौँ, भदौ । गृहमन्त्री बालकृष्ण खाँणद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन । 
गृहमन्त्री खाँणले गृह मन्त्रालयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर विमानस्थलमा भएको प्रगतीबारे जानकारी लिए । 
उनले विमानस्थलमा कति काम भयो र कति काम गर्न बाँकी छ र कहिलेसम्म उद्घाटन गर्न सकिन्छ भन्नेबारे सचिव र महानिर्देशक समक्ष जिज्ञासा राखेका थिए । 
जवाफमा सचिव कोइराला र महानिर्देशक पोखरेलले ‘क्यालिब्रेसन फ्लाइट’ का लागि भारतलाई आग्रह गरिएको भन्दै भारतीय टोली आएर ‘क्यालिब्रेसन फ्लाइट’को काम पूरा गरेपछि तीन महिनाभित्र उद्घाटन गर्न सकिने बताए । 
सचिव कोइराला र महानिर्देशक पोखरेलले गृहमन्त्री खाँणलाई विमानस्थल निर्माणका क्रममा भएका प्रगति, देखिएका समस्या र अन्तर्राष्ट्रिय उडान र अवतरणमा देखिने समस्या र राजनीतिक तहबाट समाधान गर्नुपर्ने विषयबारे जानकारी गराएको थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार