२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोनाको कहर

भेरोसेल खोप :" काठमाडौंमा भदौ ११ देखि दोस्रो मात्रा लगाइँदै , यी हुन् खोप केन्द्र "

बुधवार , भाद्र ९, २०७८

काठमाडौं, भदौ । काठमाडौंमा भदौ ११ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले भदौ ११ गतेदेखि तीन दिनसम्म भेरोसेलको दोस्रो मात्रा लगाइने बताएका हुन् ।

कार्यालयले भदौ ११, १२ र १३ गते काठमाडौंका विभिन्न खोप केन्द्रमा दोस्रो मात्रा लगाउन सकिने बताएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रा लगाउन सक्नेछन् ।तर, यस पटक भने दोस्रो मात्रा लगाउन विद्युतीय दर्ता नम्बर अनिवार्य आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो खोप लगाएको कार्ड र विद्युतीय दर्ता नम्बर अथवा फाटोसहित विद्युतीय दर्ता नम्बर ल्याएमा मात्रै खोप लगाउन सकिने भन्दै कार्यालयले विज्ञप्ति जारी गरेको छ ।अन्यथा खोप लगाउन संलग्न स्वास्थ्यकर्मीलाई कडा कारबाही गरिने विज्ञप्ति उल्लेख छ ।

vaccine3.jpgvaccine2.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार