काठमाडौं, भदौ । नेपाली कांग्रेसको क्रियाशीलता विवाद समाधान भएसँगै मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने भनिएको १४औं महाधिवेशन प्रक्रिया अघि बढेको छ । महाधिवेशन समयमै हुनेमा आशंका व्यक्त भइरहेका बेला सोमबार क्रियाशील सदस्यता विवाद टुंगिएसँगै महाधिवेशनको प्रक्रिया अघि बढेको हो
।संशोधित कार्यतालिकाअनुसार कांग्रेसको गाउँरनगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँरनगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुने तय भइसकेको छ ।कांग्रेस मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन प्रक्रिया अघि बढिसकेकाले क्रियाशील सदस्यता नामावली पठाउने तयारी भइरहेको छ । उनले हाम्राकुरासँग भने,हिमाली, पहाडी र दुर्गम क्षेत्रमा आज बुधबार सम्ममा नामावली पठाइसक्छौं ।
त्यसपछि निर्वाचन समितिले काम अघि बढाउने छ ।क्रियाशील सदस्यहरुको नामावाली धमाधम छपाइ भइरहेको र विभिन्न माध्यमबाट जिल्ला सदरमुकामसम्म नामावली पठाउने गरी तयारी भइरहेको पनि पौडेलले जानकारी दिए ।तर ढिलागरी टुंगिएको सदस्यता विवादले हाल तोकिएको वडा तहको निर्वाचन भदौं १८ मै सम्पन्न गराउन निर्वाचन समितिलाई कठिनाइ हुने देखिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसी भन्छन्,दुर्गम, विकट र हिमालीरपहाडी जिल्लामा अबको आठ दिनमा निर्वाचन गराउन व्यवहारिक र प्राविधिक कठिनाइ देखिन्छ । कतिपय जिल्लाको सदरमुकामबाट वडासम्म पुग्न पाँच दिनसम्म लाग्ने अवस्था छ ।
भदौ ३ गते नै नामावली दिने सहमति भएपनि ८ गते मात्र नामावलीका विषयमा विवाद समाधान भएपछि हामी अफ्ठयारोमा परेका छौं ।निर्वाचन समितिले क्रियाशील सदस्यता नामावली प्राप्त भएको १६ दिन तयारीका लागि समय चाहिने भनेको छ । कतिपय जिल्लाका वडामा पुग्न सदरमुकामबाट पाँच दिन लाग्न सक्ने स्थान रहेकाले निर्वाचन समितिलाई व्यवहारिक र भौगोलिक कठिनाइ देखिएको छ । सदस्य केसीले भने,हामी निर्वाचन गराउन जुनसुकै बेला तयार छौं तर तयारीको आवश्यक समय जरुरी पर्छ । यस विषयमा पार्टीले उपयुक्त र व्यवहारिक निर्णय गर्नु जरुरी छ ।
यता सभापति शेर बहादुर देउवाले क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेपछि प्रतिवेदन पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । निर्वाचन समितिले क्रियाशील सदस्यताको विवरण प्राप्त गरेलगत्तै चाँडोगरी सम्पूर्ण जिल्लामा पुर्याइसक्ने समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । समय कम भएकाले समितिले स्थल र हवाई यातायातका साथै कतिपय हिमाली जिल्लामा हेलिकोप्टर समेत प्रयोग गर्ने उनले बताए ।निर्वाचन समितिले क्रियाशील सदस्यता नामावली सूची, पार्टीको विधान र नियमावली, निर्वाचन निर्देशिका, अधिवेशनमा निर्वाचित हुने सदस्यलाई प्रदान गर्ने प्रमाणपत्रसहितको बण्डल प्रत्येक जिल्ला सदरमुकाममा वडा अधिवेशनको कम्तीमा एक साता अघि र त्यसको दुई दिनभित्र प्रत्येक वडामा पुर्याउने लक्ष्य राखेको छ ।
तर त्यो समय पर्याप्त देखिदैन् ।समितिले तराई र सुगमका ४१ जिल्लामा योजनाअनुसारको निर्धारित समयमै निर्वाचन सामग्री पुग्ने अपेक्षा गरेको र बाँकी हिमाली तथा विकट पहाडी ३६ जिल्लामा भने यातायातको केही चुनौती रहेको जनाएको छ । यसबाहेक पार्टीले अधिवेशनमा कोभिड(१९ को महामारी, बाढीपहिराको प्रकोपलगायत चुनौतीको पनि सामना गर्नुपर्ने देखिन्छ । जसका कारण कतिपय विकट र दुर्गम वडाहरुमा तोकिएकै मितिमा अधिवेशन हुने संभावना न्यून छ । त्यसका लागि पार्टी बेग्लै निर्णय गर्ने तयारी भइरहेको बुझिएको छ ।यता क्रियाशील सदस्यताकै विषयलाई लिएर जिल्ला सभापतिहरु पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बसिरहेकाले वडा अधिवेशन प्रभावित हुनसक्ने आंकलन गरिएको छ ।
मंगलबार विहानदेखि शुरु भएको धर्नामा क्रियाशील सदस्यताको सूची प्रकाशित गर्नुपर्ने, निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायतका माग राखिएको छ ।साउन ३० गतेको केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित कार्यतालिकाअनुसार काँग्रेसको गाउँरनगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँरनगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।