काठमाडौं, भदौ । नेकपा एमालेको मंगलबार बसेको निर्णयपछि पूर्ब माओबादी पद खोसिएको छ । प्रमुख प्रतिपक्षी एमाले स्थायी कमिटीले पार्टी असार २७ गते गरिएको १० बुँदे सहमति कार्यान्वयनमा ल्याएपछि माओवादी केन्द्रबाट एमाले प्रबेश गरेका नेताको जिम्मेवारी खोसिएको छ ।
पार्टीभित्रको आन्तरिक विवाद मिलाउन गरिएको १० बुँदे सहमतिलाई कार्यन्वयन गर्ने क्रममा पार्टीको संगठन २०७५ जेठ १ गतेको अवस्थामा फर्कदा नेकपा माओवादीबाट एमालेमा आएका नेताको जिम्मेवारी खोसिएको हो ।
बैठकले नेकपा एमाले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्देशन दिएपछि माओवादीबाट आएका स्थायी कमिटी सदस्य मात्रै भएका छन्। १० बुँदे कार्यान्वयनका अन्य मापदण्ड पनि निर्माण गर्ने बताइए पनि तत्काललाई उनीहरुको जिम्मेवारी स्थायी कमिटी सदस्यमा सीमित भएका हुन् ।
बैठकले एमालेका जेठ २ अघिका पार्टी संरचना हुवहु पुर्नजीवित भएपछि उनीहरु स्थायी कमिटी सदस्य मात्रै भएको एमाले सचिव प्रदीप ज्ञवालीले बताए । उनले तत्काल उनीहरु स्थायी कमिटी सदस्य मात्रै भएपनि जिम्मेवारी बाँडफाँड हुने बताएका छन् ।
२०७५ जेठ २ अघि जुन कमिटीका जति सदस्य थिए, जस्ताको तस्तै व्यूतिएका छन् । बैठकबाट पार्टीका प्रदेश कमिटी पनि जेठ २ कै अवस्थामा फर्किए । पार्टी छाडेर नगएका जिल्ला अध्यक्ष पनि पुर्नस्थापित भए ।