२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

निर्बाचन आयोग

आज दुई दल दर्ता गर्दै : "निबेदन 'नेकपा एमाले समाजबादी' र ‘लोकतान्त्रिक समाजवादी "

नयाँ दलमा आउन हस्ताक्षर गरेकालाई आज सनाखतका लागि बोलायो

बुधवार , भाद्र ९, २०७८

काठमाडौं, भदौ  ।  आज निर्वाचन आयोगले ‘नेकपा एकीकृत समाजवादी’ र ‘लोकतान्त्रिक समाजवादी पार्टी’ बुधबार  दुई दल दर्ता दर्ता गर्ने तयारी गरेको छ । आयोगले माधव नेपाल र महन्थ ठाकुरको नेतृत्वमा रहने गरी दर्ताका लागि दिएको निवेदन  दिएकाा् छन ।  

निर्बाचन आयोगले बुधबार पहिले आवश्यक प्रक्रियाका काम सकेर दर्ताको निणर्य गर्ने गरी तयारी गरेको  जनाइएको छ ।  आयोगले त्यसका लागि आन्तरिक सबै तयारी सकेको  निर्बाचन आयोग स्रोतदले बताएको छ । 

आयोगले दुवै दलका पदाधिकारीमा प्रस्ताव गरिएकासहित केन्द्रीय सदस्यका लागि पुराना दलबाट प्रस्ताव गरिएका नाममा हस्ताक्षर गरेका, पहिले पुराना दलमा रहेका संसदीय दलका सदस्य, नयाँ दलमा आउन हस्ताक्षर गरेकालाई आज ११ वजेदेखि २ वजेसम्म सनाखतका लागि बोलाएको छ ।

निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया  आज, बुधबार,  नै सकेर दल दर्ताको निणर्य गर्ने भएको हो ।  ‘सचिवालयले सबै तयारी गरिसकेको छ, दल दर्ताको काम अघि बढिसक्यो, पहिले सनाखत सक्छौं, त्यसपछि बुधबार नै दर्ताको निणर्य गर्छौ,’ आयोग उच्च स्रोतले भन्यो ।

आयोगले नयाँ दल दर्ताको प्रक्रियामा सहभागी हुन हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सञ्चारकर्मीलाई  जानकारी दिएका छन  । उनका अनुसार पदाधिकारी र केन्द्रीय सदस्यलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचय पत्रसहित आयोगमा सनाखतका लागि बोलाएको छ ।

माधव नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ केन्द्रीय सदस्यको नाम आयोगमा बुझाइएको छ । त्यसमध्ये ५५ ले मात्रै हस्ताक्षर गरेका छन् । सनाखत प्रक्रियामा पनि उनीहरुनै सहभागी हुनुपर्ने छ ।

सरकारले दल विभाजनसम्वन्धी केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतको व्यवस्था गर्दै ल्याएको अध्यादेश अनुसार एमालेको केन्द्रीय कमिटीको कुल २०३ संख्या मध्येको २० प्रतिशत अर्थात् ४१  जना सदस्य नयाँ दल खोल्नका लागि नेपाल समूहले आयोगमा पुर्याउनु पर्ने हुन्छ ।

यस्तै नयाँ थपसहित नेपालले नेतृत्व गर्ने दलमा ११५  केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नामको दलमा ३१ कार्यकारिणी सदस्यको नाम बुझाइएकोमा २९ को मात्रै हस्ताक्षर आयोगमा बुझाइएको छ । 
आयोगले निवेदनमा हस्ताक्षर गर्नेलाई मात्रै सनाखत गर्ने जनाएको छ । ठाकुर अध्यक्ष रहने गरी सो दलमा राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको छ

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार