२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमाले स्थायी कमिटी बैठक ३ बजे सर्‍यो

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं, भदौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सरेको छ । बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो ।

बिहान बस्ने भनिएको बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक सारिनुको कारण भने खुलाइएको छैन ।

दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्नेछ ।

बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार