२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औँ महाधिबेशन 

शीर्ष नेता बैठक :"क्रियाशील सदस्यता विवाद सकियो, अब महाधिबेशनको बाटोमा "   

सप्तरी र बाराको मिल्यो, धनुषा र सर्लाहीको बाँकी, नयाँललाई मापदण्ड अनुरुप

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं, भदौ  ।  लामो समयदेखि छलफलमा रहेको नेपाली काँग्रेसले क्रियाशील सदस्यता विवाद  टुङ्गिएको छ ।  सोमबार राती अबेर सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सम्पन्न कांग्रेस शीर्ष तहको बैठकले सदस्यताका विषयमा देखिएका अधिकांश विवाद समाधान गरेको हो । 

विवाद समाधान भएका क्षेत्रका सदस्यताको प्रतिवेदन सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई  सोमबार अबेर राती बुझाइएको छ । सप्तरीको क्षेत्र नम्बर १, २ र ४ मा नयाँ क्रियाशील सदस्यता भने  स्थगित गरिएको  जनाइएको छ ।
सदस्यता बिबाद अन्त्यपछि  बुझाइएको प्रतिबेदनमा  ती क्षेत्रमा १३औं महाधिवेशनकै क्रियाशीललाई मात्रै मान्यता दिइएको छ । क्षेत्र नम्बर ३ का केही वडाका नयाँ क्रियाशील सदस्यलाई पनि महाधिवेशनमा समावेश गर्ने गरी विवाद मिलाइएको छ । क्षेत्र नम्बर ३ मा ४१ वटा वडा छन् । 

यस्तै बारा जिल्लाका क्षेत्र नम्बर १ र ४ मा पनि १३औं महाधिवेशनका क्रियाशील सदस्यले मात्र महाधिवेशनमा सहभागी हुन पाउने भएका छन् । ती क्षेत्रबाट सिफारिस भइआएका नयाँ सदस्यतामा भने विवाद नमिले पछि स्थगित गरिएको छ । यस्तै बारा क्षेत्र नम्बर २ र ३ मा पनि केही वडाको सदस्यता स्थगित गरिएको छ । 

यस्तै सर्लाही २ र धनुषा ४ को विवाद भने मिलेको छैन । ‘मूल विवाद सप्तरी र बारामा थियो, ती जिल्लाका विवाद समाधान भयो, सर्लाही २ र धनुषा ४ को विवाद मिल्न बाँकी छ, त्यहाँका साथीहरूसँग कुराकानी गरेर ती क्षेत्रका विवाद पनि अब टुङ्गाउँछौँ,’ कांग्रेसका एक शीर्ष नेताले  विवादबारे भएको सहमतिबारे जानकारी दिँदै भने । 

क्रियाशील सदस्यता छानबिन समितिले टुङ्गो लगाउन बाँकी सदस्यताका विवादका विषयमा नेता कृष्णप्रसाद सिटौलालाई समस्या समाधान गर्न जिम्मेवारी दिएको थियो । उनीसँगै नेता डा मिनेन्द्र रिजाल र रमेश लेखक विवाद समाधानका लागि खटेका थिए । 

बाँकी विवादका विषय भने १२ भदौ अघि नै टुङ्गाउने सहमतिसमेत नेताहरुबीच भएको छ । बाँकी रहेका विवादका विषयमा भने शीर्ष तहमा न्यूनतम  मापदण्ड तयार पारिएकाले सोही अनुसार मिलाइने भएको हो । यस्तै अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गरेकालाई पनि सोही मापदण्डका आधारमा महाधिवेशनमा सहभागी गराइने सहमति भएको छ । 

यसअघि छानबिन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्गाएर १२ साउनमा पार्टी पदाधिकारीलाई सदस्यताको प्रतिवेदन बुझाएको थियो । 

सो प्रतिवेदनमा बारा र सप्तरी, धनुषा(४ सर्लाही(२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुङ्ग्याउने जिम्मा नेतृत्व तहमा पठाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार