भदौ, चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् । गरीब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।भरतपुर अस्पतालमा आइतबार आयोजित स्वागत कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले चिकित्सक, नर्स र पारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता देखिएको बताए ।