काठमाडौं, भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच हप्तामा ४८ लाखभन्दा बढिले कोरोनो विरुद्धको खोप लगाएका छन् ।कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई निशुल्क खोप दिलाउने घोषणा गरेका थिए ।
प्रधानमन्त्री भएयता गत विहीबारसम्ममा ४८ लाख ११ हजार ७३३ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस अघि झण्डै ३६ लाखले मात्रै कोराना विरुद्धको खोप लगाएका थिए भने अहिले खोप लगाउने संख्या ८५ लाख २० हजार ४२१ पुगेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यसमध्ये ३७ लाख ८ हजार ६८८ ले कोरोनाको दुवै डोज खोप लगाएका छन । त्यस्तै ३७ लाख ८ हजार ६८८ ले पहिलो डोज लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको पुगेको छ भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन् ।
देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशत मात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशत मात्रै थिए ।
पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको छ । सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप निशुल्क लगाउने घोषणा गरेको छ ।
चैत मसान्तसम्म खोप लगाउने सबै जनतालाई निशुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी छ ।