२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

महन्थले दलको नाम फेरे : " नयाँ नाम : लोकतान्त्रिक समाजवादी "

शुक्रवार , भाद्र ४, २०७८

काठमाडौं, भदौ । निर्वाचन आयोगले अन्य दलसँग मिल्दोजुल्दो नाममा दल दर्ता गर्न इन्कार गरेपछि महन्थ ठाकुरले पनि पार्टीको नाम फेरेका छन् ।

उनले यसअघि जसपा (लोकतान्त्रिक) नाममा दल दर्ता गर्न निर्वाचन आयोगमा पत्र बुझाएको भए पनि आयोगले सो नाम परिवर्तन गर्न भनेपछि ‘लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले जानकारी दिए

यसअघि प्रस्ताव गरिएको केन्द्रीय कार्यकारिणी समिति पनि २४ बाट बढाएर ३१ पुर्याइएको उनले जानकारी दिए । यसै गरी वरिष्ठ नेतामा यसअघि राजेन्द्र महतोको नाम मात्र प्रस्ताव गरिएकोमा हाल शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा भएको संशोधन अनुसार निर्वाचन आयोगले बिहीबार राती नियमावलीमा समेत संशोधन गरिसकेको छ । नियमावली संशोधन भएपछि आयोगले दल दर्ताका लागि नयाँ निवेदन मागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार