काठमाडौं, भदौ । पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ मा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ४४ हजार ३ सय ७ जनामा र एन्टिजेन विधिबाट ७९ हजार ३४० मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २४४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको छ ।
योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १० हजार ४५५ पुगेको छ। पछिल्लो २४ घण्टामा १७ हजार ६५४ को नमुना परीक्षण गरिएको छ । हाल ७१४ को आईसीयु र १७१ को भेन्टीलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय संक्रमित संख्या ४० हजार ३ सय ९ रहेको छ ।