२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौँ उपत्यका : पछिल्लो समय ८९४ सङ्क्रमित थपिए

शुक्रवार , भाद्र ४, २०७८

काठमाडौं, भदौ । काठमाडौँ उपत्यकामा पछिल्लो समय ८९४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ६०४, ललितपुरमा १८७ तथा भक्तपुरमा १०७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ८६७, भक्तपुरमा एक हजार ४७४ तथा ललितपुरमा दुई हजार २९० रहेको छ ।  पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २६ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ४५५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ४२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ६४७ पुगेको

पीसीआर विधिबाट दुई हजार ७९ तथा एन्टिजेनबाट ९६३ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म छ लाख ९३ हजार ५४३  कोरोनाबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४४ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

निको हुने दर ९३ दशमलव एक प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३०९ रहेको छ । बितेका २४ घण्टमा देशभर एक लाख ८० हजार २८ ले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ७१४ सङ्क्रमितको सघनउपचार कक्षमा तथा १७१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार