२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

उपेन्द्र निर्वाचन आयोगमा : 'महन्थको दल दर्ता नगर्न निवेदन'

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं, भदौ। जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलको नामसँग मिल्दो नाममा अन्य दल दर्ता नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

जसपा अध्यक्ष यादवले आफ्नो दलको नामसँग मिल्ने गरी नयाँ दल दर्ता गर्न आएको निवेदन रद्द गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

जसपा नेता प्रदीप यादवले सर्वोच्च अदालतको फैसलाले नै अरू दलसँग मिल्दोजुल्दो नाम राखेर दल दर्ता गर्न नपाइने भनेकाले सोही अनुसार गर्न आयोगलाई ध्यानाकर्षण गराइएको जानकारी दिए ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता यादवलाई दिएपछि पार्टीविहीन बनेका महन्थ ठाकुर पक्षले सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी अध्यादेश ल्याइदिएपछि नयाँ दल दर्ताका लागि बुधवार आयोगमा निवेदन दिएको थियो ।

ठाकुर पक्षले नयाँ दलको नाम जसपा ९लोकतान्त्रिक० प्रस्ताव गर्दै आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार