२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेता नेपालले गरे नयाँ दल दर्ता

दलको नाम - 'एमाले समाजवादी' : 'संयोजकमा माधव, वरिष्ठ नेता झलनाथ'

३१ सांसद र ५८ केन्द्रीय कमिटी सदस्य माधव पक्षमा

बुधवार , भाद्र २, २०७८

काठमाडौं, भदौ । नेकपा एमाले औपचारिकरुपमा नै विभाजित बनेको छ । माधव नेपालले निर्वाचन आयोग पुगेर एमाले समाजवादी नामको दल दर्ताका लागि निवेदन दिएपछि प्रमुख प्रतिपक्षी दल एमाले औपचारिक रूपमा नै फुटेको हो ।

नयाँ दलको संयोजकमा नेता नेपाल रहने गरी दल दर्ताका लागि निवेदन दिइएको निर्वाचन आयोगले जनाएको हो । यस्तै नेता झलनाथ खनाललाई भने वरिष्ठ नेता राखिएको छ भने ९५ सदस्सीय केन्द्रीय कमिटी प्रस्ताव गरिएको छ ।

तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि नेपाल आफैंले निवेदन दर्ता गराएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार