दमक, भदौ । दमकमा कोरोना संक्रमण बढ्दै गए पनि कीटको अभाव रहेको भन्दै दमक अस्पतालबाट सातामा दूई पटक निशुल्क हुँदै आएको एन्टिजेन परीक्षण रोकिएको छ ।
नगरपालिकाले निशुल्क रुपमा पिसिआर र एन्टिजेन परीक्षण गराउँदै आएकाले विपन्न समुदायलाई सहज हुँदै आएको थियो ।नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौलाका अनुसार दमक नगरपालिकाद्धारा सञ्चालित दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्रमा सातामा दूई पटक हुँदै आएको एन्टिजेन परीक्षण रोकिएको हो ।
एन्टिजेन किटको अभावमा तत्काललाई यो सेवा रोकिएको हो, उनले भने ।दमकको कोभिड उपचार केन्द्रमा कोभिडका विरामीले निशुल्क उपचार र आवश्यक जाँच सुविधा पाउँदै आएको अस्पताल ब्यवस्थापन समिति अध्यक्ष एवं नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताए ।