२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सुनसरी : ‘प्रदेश सरकार सदनप्रति गैर जिम्मेवार देखियो’

बुधवार , भाद्र २, २०७८

हरिनगर ( सुनसरी), भदौ । प्रदेश १ को प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजीव कोइरालाले प्रदेश सरकार सदनप्रति गैर जिम्मेवार रहेको आरोप लगाएका छन ।

प्रदेश अधिवेशन सञ्चालन भइरहेको बेला बीचमै अकस्मात अन्त्य गरेको घटनाले प्रदेश सरकारको सदनप्रतिको गैर जिम्मेवारीपन उदांगिएको नेता कोइरालाको भनाइ छ ।हरिनगर गाउँपालिकाबाट प्रकाशित सुरसेर राष्ट्रिय दैनिक पत्रिकाको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले अधिवेशन अन्त्य गर्नु प्रदेश सरकारको अत्यन्तै अलोकतान्त्रिक र गैर जिम्मेवारीपूर्ण कार्य भएको धारणा राखे ।

नेता कोइरालाले बिभिन्न बिधेयकमाथि छलफल भइरहेका बेलामा सदनमा प्रतिनिधित्व गर्ने दलसँग सल्लाह नगरी संसद अधिवेशन अन्त्य गरेको भन्दै प्रदेश सरकारप्रति रोष व्यक्त गरे ।उनले अहिलेको प्रदेश सरकारले जनता प्रति जिम्मेवार नभइ निहित दलीय र व्यक्तिगत स्वार्थमा केन्द्रित रहेको उल्लेख गरे ।

मुलुकमा व्यवसायिक पत्रकारिताको विकास गर्नु आवश्यक रहेको भन्दै उनले ग्रामिण क्षेत्रको पत्रकारिताको विकासमा स्थानीयस्तरका सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।सो अवसरमा प्रदेश सांसद हाजी ताहिर अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, नेपाली काङग्रेस सुनसरीका सचिव केदार भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का तथा प्रदेश अध्यक्ष लिलाबल्भ घिमिरे, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहका साथै पत्रिकाका प्रकाशक ताविल अन्सारी र टोमराज मेहता लगायतले आआफ्ना धारणा राखे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार