२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस १४ औँ महाधिबेशन

डा.शेखर कोइराला भन्छन : ‘महाधिवेशन सर्ने वा स्थगित हुने कुरामा कसैले भ्रम नराखौ '

बुधवार , भाद्र २, २०७८

इटहरी, भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुने धारणा व्यक्त गरेका छन । उनले महाधिवेशन सर्ने वा स्थगित हुने कुरामा कसैलाइ पनि भम्रमा नपर्न समेत आग्रह गरे ।

केन्द्रीय सदस्य कोइरालाले मोरङको बुढीगंगा गाँउपालिका कोयलपुरमा आयोजित एक कार्यक्रमलाइ सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन । केन्द्रीय सदस्य कोइरालाले स्थानीय तहदेखि केन्द्रीय तहसम्म आठ चरणमा हुने पार्टीको अधिवेशनमा सक्रिय हुन पार्टीका कार्यकर्तालाई आग्रह रे ।

नेपाली कांग्रेसको यो महाधिवेशन देशलाई मात्र होइन बिदेशलाई समेत चासो रहेको उहाँको भनाइ थियो । केन्द्रीय सदस्य कोइरालाले यस पटकको महाधिवेशन मतदानको केही प्रक्रियामा फेरबदल भएको उल्लेख गर्दै क्रियाशिल सदस्यताको विवाद मिलाउन निर्माण गरिएको समितिले काम सकेसंगै अधिवेशनको प्रक्रिया शुरु हुने स्पष्ट पारे ।

यसैबीच, केन्द्रीय सदस्य कोइरालाले स्वास्थ्य मन्त्रालयबाट उपलब्ध स्वास्थ्य सामाग्री बुढीगंगा गाँउपालिकाको कोयलपुरस्थित स्वास्थ्य चौकीलाइ हस्तान्तरण गरे । स्वास्थ्य मन्त्रालयबाट उपलब्ध दुइ थान अक्सिजन कन्सनटेटर र आठ थान बेड बुढीगंगा गाँउपालिकाका प्रमुख बालचन्द माझी, उपप्रमुख र वडा नम्बर ६ का वडाध्यक्ष दिलिप चौधरीमार्फत स्वास्थ्य चौकीलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार