धनकुटा, भदौ । धनकुटा अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि बिशेषज्ञ चिकित्सक माग गरिएको छ ।
स्वास्थ्य मन्त्री उमेश श्रेष्ठसँग नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री सुनिलवहादुर थापासहितको प्रतिनिधि मण्डलले स्वास्थ्य मन्त्रालयमा भेटघाट गरी भेन्टिलेटर सञ्चालनका लागि बिशेषज्ञ चिकित्सकको माग गरेका हुन । सोही अवसर पारेर धनकुटाका सबै जिल्ला वासीलाई पुग्ने कोरोनाविरुद्धको खोपसमेत पठाउन माग गरे ।
उक्त माग पत्रमा नेपाली कांग्रेसका सह महामन्त्री एवं पूर्वमन्त्री सुनिलवहादुर थापा, केन्द्रिय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठ, नेपाली कांग्रेस धनकुटाका सभापती अग्निप्रसाद पौडेल, सचिव विजय सन्तोषी राईलगायतले हस्ताक्षर गरेका छन ।भेन्टिलेटर सञ्चालन गर्ने दक्ष विशेषज्ञ डाक्टरसहितको चिकित्सक, धनकुटा जिल्लाका सवै जनतालाई पुग्ने खोप पठाउन र स्वास्थ्यसम्वन्धी विभिन्न मागसहितको उक्त पत्र स्वास्थ्य मन्त्री उमेश श्रेष्ठ र महाशाखा प्रमुख मदन उपाध्यायलाई बुझाइएको सचिव राईले जानकारी दिए ।
आफ्नो जीवनलाई अत्यन्तै ठूलो जोखिममा राख्दै अनवरत रुपमा खटिरहनु भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता तथा थप सेवा सुविधा प्रदान गदै उनलाई मान सम्मान पदक तथा पुरस्कार व्यवस्था गर्न स्वास्थ्य राज्यमन्त्री श्रेष्ठसँग कांग्रेस धनकुटाका प्रतिनिधिले माग गर्नुभएको छ ।
धनकुटाका प्रतिनिधि मण्डलले स्वास्थ्य मन्त्री श्रेष्ठ र महाशाखा प्रमुख उपाध्यायलाई जिल्लामा क्रियाशिल सत्ता गठबन्धनको निर्णय अनुसार धनकुटा जिल्लाका लागि तत्काल एकलाख ७० हजार कोरोनाविरुद्धको खोप उपलब्ध गराउन र धनकुटा जिल्ला अस्पतालको स्तरोन्नति गरी तत्काल एकसय वेडको अस्पतालमा रुपान्तरण गरी बिशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँर्दै धनकुटामा मेडिकल कलेज स्थापनाका लागि समेत माग गर्नु भएको माग पत्रमा उल्लेख छ ।स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ र महाशाखा प्रमुख उपाध्ययाले कोरोना विरुद्धको खोप तत्काल पठाउने र तत्काल आई सि यू सञ्चालन गर्ने जनशक्ति विशेषज्ञ चिकित्सकसहित अन्य चिकित्सक भदौ भरिमा पठाउने र अन्य मागहरु समेत सम्बोधन गर्ने बचन पाएको नेपाली कांग्रेस धनकुटाका सचिव राईले जानकारी दिए ।