काठमाडौं, भदौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटीले दल विभाजन अध्यादेश ल्याउने सरकारी कदमको चर्को आलोचना गरेको छ।
प्रमुख प्रतिपक्षी दल एमालेलाई विभाजन गर्नका लागि अध्यादेश ल्याइएकाले प्रतिवाद गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए स्थायी कमिटीको मंगलबारको बैठकपछि प्रवक्ता ज्ञवालीले भने, 'प्रमुख प्रतिपक्षी दलकभित्रका केही अराजक र पदलोलुपलाई पार्टी विभाजन गर्न वैधानिक आधार प्रदान गर्ने आपत्तिजनक, निन्दनीय र विभाजनकारी छ अध्यादेश ल्याएपछि एमालेबाट पदलोलुप केही नेता बाहिरिने उनको भनाइ थियो सरकारको यस्ता क्रियाकलापले मुलुकलाई संकटतिर धकेल्ने पनि ज्ञवालीको भनाइ थियो।
गठबन्धन सरकारका असंसदीय, अलोकतान्त्रिक कदमको सशक्त प्रतिवाद गर्ने पनि एमालेले निर्णय गरेको छ। पार्टी विभाजनको विरुद्ध र एकताको पक्षमा उभिन पनि एमाले स्थायी कमिटीले पार्टीका नेता र कार्यकर्ताहरूलाई आह्वान गरेको छ संसद् चाहिन्छ भन्ने र संसद्बाट शासन गर्ने भनेर गठबन्धनले साझा न्यूनतम कार्यक्रममा गरेको प्रतिबद्धता ढोंग र आडम्बर रहेछ भन्ने साविति भएको ज्ञवालीको भनाइ थियो