२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

आकस्मिक बस्यो मन्त्रिपरिषद् बैठकः 'अध्यादेश ल्याइदै, महन्थको समर्थन'

मंगलवार , भाद्र १, २०७८

काठमाडौं, भदौ । सरकारले राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश आजै  (मंगलबार) ल्याउने भएको छ । त्यसका लागि अहिले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने वालुवाटार स्रोतले जनाएको छ बैठकअघि जसपाका नेता महन्थ ठाकुरसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गरेका थिए ।

सो भेटमा महन्थ ठाकुरले समेत अध्यादेशमा देउवालाई समर्थन दिएका छन् । हालको राजनीतिक दल सम्बन्धि ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुग्नुपर्ने व्यवस्था छ ।

दुवै ठाउँमा ४० प्रतिशत नपुगेमा भने दल विभाजन गर्न पाइदैन । त्यसैले केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा ४० प्रतिशत संख्या पुग्ने गरी सरकारले अध्यादेश ल्याउन लागेको हो ।

तर महन्थ समूहसँगको छलफलपछि प्रधानमन्त्री देउवाले ४० प्रतिशतको व्यवस्थालाई पनि घटाउन सक्ने बताइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार