२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

काँग्रेस  १४ औँ महाधिवेशन

नयाँ कार्यतालिका : 'केन्द्रीय मङ्सिर ९ देखि १३ सम्म, वडा १८ भदौबाट सुरु’

नयाँ कार्यतालिका अनुसार भदौ २ सम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने 

शनिवार , श्रावण ३०, २०७८

काठमाडौं, साउन । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको छ।

शनिवार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशन ९ देखि १३ मङ्सिरमा गर्ने गरी नयाँ कार्यतालिका ल्याएको काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए।

नयाँ कार्यतालिका अनुसार अब काँग्रेसको सबै भन्दा तल्लो तह वडा तहको अधिवेशन १८ भदौमा हुने छ।नयाँ कार्यतालिका अनुसार भदौ २ सम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ।

सोही दिन नै निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिने काँग्रेसको कार्यतालिका छ।

वडा अधिवेशन १८ भदौ, गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तोकिएको छ।




प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार