२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा:थप २ हजार ६२४ जना कोरोना संक्रमित, २० को मृत्यु

शनिवार , श्रावण ३०, २०७८

काठमाडौं, साउन । पछिल्लो २४ घण्टामा २६ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय ७३ जनामा गरिएको परीक्षणमा २६ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा २० संक्रमितको मृत्यु भएको छ भने १३ सय २० जना निको भएर फर्किएका छन् ।  हाल देशभर ३९४०५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १०२५९ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार