२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली काग्रेस 

डा. महतले भने : 'आदिवासी जनजातिको अलग्गै र विशिष्ट पहिचान छ'

'जनसङ्ख्याका आधारमा पार्टीमा जनजातिको प्रतिनिधित्व हुन्छ'

शुक्रवार , श्रावण २९, २०७८

 

काठमाडौैँ, साउन । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जनजातिको जनसङ्ख्याका आधारमा पार्टीमा उनीहरुको प्रतिनिधित्व हुने बताएका छन ।  
आदिवासी जनजाति केन्द्रीय विभागद्वारा कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहमहामन्त्री डा महतले भने, “नेपालमा आदिवासी जनजातिको अलग्गै र विशिष्ट पहिचान छ, उनीहरुको उत्थान बिना देशको विकास असम्भव छ ।” 
सहमहामन्त्री डा महतले कांग्रेसले आदिवासीका समस्या र देशमा आदिवासी जनजातिको हितका पक्षमा काम गरिरहेको बताए । उनले कांग्रेसको सरकारकै नेतृत्वमा निर्माण भएको देशको वर्तमान संविधानमा समावेशी सिद्धान्तबमोजिम नै महिला, आदिवासी जनजाति, दलितलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको पनि बताए । 
सहमहामन्त्री डा महतले सम्पूर्ण आदिवासी जनजाति कांग्रेसको समावेशी नीति र कार्यक्रमलाई जनताका सामु लैजानुपर्ने बताए । उहाँले कांग्रेसले नै देशका प्रमुख राजनीतिक परिवर्तनहरुको नेतृत्व गरेको र त्यसमा देशका आदिवासी, जनजाति एवं दलितलगायतका देशका समग्र समुदायले कांग्रेसलाई साथ दिएको स्मरण पनि गरे । 
एनले  भने,  नेकपाको सरकारको गैरजिम्मेवार कार्यका कारण वर्तमान सरकार निर्माण भएको भन्दै यो सरकारले जनताको हितमा काम गर्ने बताए ।  
  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार