२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेसको १४ औँ महाधिबेशन

शीर्ष नेता बैठक : "महाधिवेशनको नयाँ मितिबारे छलफल "

सहमति गरेर भोलिको केन्द्रीय समितिबाट महाधिवेशनको नयाँ मिति तोक्ने

बुधवार , श्रावण २७, २०७८

काठमाडौं, साउन । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ मितिबारे छलफल हुँदैछ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनका विषयमा छलफल गर्न भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई बुढानिलकण्ठ बोलाएका हुन् ।

सभापति ज्यूले महाधिवेशनका विषयमा छलफल गर्न वरिष्ठ नेता पौडेल र सिटौलालाई बोलाउनु भएको छ, आजै सहमति गरेर भोलिको केन्द्रीय समितिबाट महाधिवेशनको नयाँ मिति तोक्ने सभापतिको इच्छा छ, देउवा निकट एक नेताले भने ।

बैठकमा क्रियाशील सदस्यताका विषयमा देखिएको विवाद समाधानमा पनि सहमति खोज्ने सभापति देउवाको तयारी छ । अझैसम्म पनि बारा र सप्तरी जिल्लाको नयाँ क्रियाशील सदस्यताको विवाद टुंगिन सकेको छैन ।

यस्तै सिन्धुपाल्चोक, सर्लाही, धनुषा र रसुवामा पनि सदस्यताको विवाद कायमै छ । क्रियाशील सदस्यता विवादले पार्टी महाधिवेशन नहुने संकेत देखिएको भन्दै पौडेल समूहले भने सभापतिमाथि दबाब बढाउँदै आइरहेको छ ।

सभापति देउवाले मंगलबार साँझ भने डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, गगन थापा लगायतसँग महाधिवेशनबारे छलफल गरेका थिए ।

कांग्रेसले महाधिवेशनकै लागि छलफल गर्न भन्दै बिहीबार (भोलि) का लागि पार्टीको केन्द्रीय समिति बैठकसमेत बोलाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार