२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेता गगन थापाले गरे मेलम्चीको स्थलगत निरीक्षण : 'प्रभावितका समस्या समाधानमा पहल गर्छु'

बुधवार , श्रावण २७, २०७८

सिन्धुपाल्चोक, साउन । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथान पहिराको अवलोकन गरेका छन् ।

थापाले बुधवार बिहान भ्रेमाथाङ र मेलम्चीको स्थलगत निरीक्षण गरेका हुन्। मेलम्चीमा निरीक्षण गर्दै थापाले बाढी प्रभावितका समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिए ।

उनले तत्काल नदी तटबन्ध गर्ने, पुल निर्माण गर्ने, टुटेका सडक सञ्जाल निर्माणका लागि आफूले पहल गर्ने बताए । उनले भ्रेमाथाङको पहिराको अध्ययन भइरहेको बताउँदै केही दिनमै त्यसको जानकारी आउने समेत बताए।

अघिल्लो सरकारले घोषणा गरेको तत्कालका लागि रु ५० हजार र घर बनाउन दिइने रु पाँच लाख पीडितले कहिले पाउँछन् भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्व मन्त्रीसमेत रहेका थापाले त्यो छिट्टै नै कार्यान्वयन भएर आउने दाबी गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार