२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा एमाले

अध्यक्ष ओलीले संसदमा भने : "मलाई जाल झेल गरेर हटाइयो '

फेरि पनि मुल ढोका र मुल गेटबाट सरकारमा आउने

मंगलवार , श्रावण २६, २०७८

काठमाडौं. साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो देश र देशका जनताका लागि जन्मिएको दाबी गरेका छन् । उनले आफू प्रधानमन्त्री बन्न जन्मेको नभइ जनताको सेवाका लागि जन्मेको बताएका हुन् ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक संसदमा सम्बोधन गर्दै उनले आफूलाई जालझेल र तिकभिडम गरेर हटाएको बताउँदै उनले फेरि पनि मुल ढोका र मुल गेटबाट सरकारमा आउने बताए । म राम्रो ग्रह दशाले प्रधानमन्त्री भएको होइन ।

म कुनै नेताको जालजेल, महत्वकांक्षा, कुन्ठा आदिको समीश्रणबाट पनि प्रधानमन्त्री भएको होइन । म कुनै जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन ।

परमादेशबाट पनि प्रधानमन्त्री भएको होइन म जनमतबाट आएको प्रधानमन्त्री हुँ, उनले भने,अदालतमा धेरै विवाद ल्याउनु जरुरी छैन् । अदालतको फैसलाको मूल्यांकन होला ।

आफूलाई प्रधानमन्त्रीबाट हट्नु परेकोमा चिन्ता नभइ अदालतको विश्वसनीयतामा कमी नहोस भन्ने रहेको बताउँदै ओलीले आफू लोकतन्त्र जोगाउन लागेको बताए ।

उनले भने,अब देश अलोकतान्त्रिक संस्कृतिमा ड्राइभ हुन थालेकाले चिन्ता लागेको छ । एक महिनामा पनि सरकारले पूर्णता पाउन नसकेकोमा कटाक्ष गर्दै उनले भने, प्रतिपक्षको कुरालाई सुन्न र मेरा आरोपहरुलाई फेल गराउन लाग्नुहोस ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार