२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा : 'थप ४ हजार ९०४ मा कोभिड १९ को सङ्क्रमण, ३५ को मृत्यु '

मंगलवार , श्रावण २६, २०७८

काठमाडौं, साउन । पछिल्लो २४ घण्टामा मात्रै थप ४ हजार ९०४ मा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख २० हजार ६८० मा र एन्टिजेन विधिबाट ७१ हजार २३० मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ११५ सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७३ हजार १९८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३५ को मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार १५० पुगेको छ। पछिल्लो २४ घण्टामा १९ हजार १२३ को नमुना परीक्षण गरिएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ३३३ रहेको छ । हाल ७६१ को आईसीयु र १७६ को भेन्टीलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार