काठमाडौं, साउन । नेकपा(एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने बताएका छन् । उनले केपी ओलीतर्फ सङ्केत गर्दै कसैको टाङमुनि नछिर्ने र नझुक्ने अडान राखेका हुन् ।
मंगलबार नयाँ बानेश्वरमा अनेरास्ववियुले गरेको एक विद्यार्थी सम्मान कार्यक्रममा ओलीको टाङमुनि नछिर्ने बताएका हुन् । उनले भने,हामी ओलीको टाङमुनि छिर्नेवाला छैर्नौं, अध्याँरो सुरुङमा जानेवाला छैनौं, दम्भी, अहंकारी र गलत ढंगले चल्नेलाई चूनौति दिईनेछ ।
तिनीलाई माथ गरेर नै अगाडि बढिनेछ उनले अगाडी भने, त्यसो हुनाले यस धर्तीमा साहसी र बहादुर व्यक्तिको मात्रै कदर हुन्छ । कायर र डरपोकको कसैले पनि, र कुनै पनि चर्चा हुँदैन् ।
दम्भी र घमण्डी नबनेर विनम्र भएर जायज र नाजायज कुराको विश्लेषण गरेर शक्ति र न्यायको बाटोमा निरन्तर अघि बढ्नुपर्छ । नेता नेपालले कर्णालीमा प्रदेशसभा सदस्य पद गुमेका आफूपक्षीय नेतालाई फेरि जिताएर ल्याउने दावी गरे ।