२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना संक्रमण भयावह बन्यो: 'एकैदिन ३५हजार ४८५सङ्क्रमण,५५ को मृत्यु'

आइतवार , श्रावण २४, २०७८

काठमाडौं, साउन । पछिल्लो २४ घण्टामा मात्रै थप २ हजार ५४८ मा कोभिड १९ को सङ्क्रमण भएको छ । हालसम्म पिसिआर विधिबाट ७ लाख १४ हजार ८७७ मा र एन्टिजेन विधिबाट ६८ हजार ४७८ कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २९ सङ्क्रमण मुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६९ हजार २९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५५ को मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार ९३ पुगेको छ।पछिल्लो २४ घण्टामा १२ हजार ३७८ को नमुना परीक्षण गरिएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४८५ रहेको छ । हाल ८ सय २ को आईसीयु र १८१ को भेन्टीलेटरमा उपचार भइरहेको छ । हालसम्म ४४ लाख ९४ हजार २६९ ले कोरोना भाइरसविरुद्धको खोपको एक मात्रा र २४ लाख ९२ हजार १८२ ले पूर्ण खोप लगाइ सकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार