२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

पाँच दलीय गठबन्धन

देउवा नेतृत्व संयुक्त सरकार : "न्यूनतम साझा कार्यक्रम प्रस्तुत "

साझा कार्यक्रममार्फत तीनै तहका सरकारको क्षेत्राधिकार र अन्तर सम्बन्धलाई संविधान बमोजिम कार्यान्वयन गर्ने

आइतवार , श्रावण २४, २०७८

काठमाडौं, साउन । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको सरकार सञ्चालनको लागि न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरिएको हो सरकारले चुरे क्षेत्रबाट हुने गिट्टी बालुवाको उत्खनन रोक्ने घोषणा गरेको छ ।

त्यस्तै सरकारले प्राकृतिक विपत्तिबाट विकट क्षेत्रमा हुने गरेको क्षति रोक्न एयर एम्बुलेन्सको व्यवस्था गरिने घोषणा गरेको छ । सरकारले आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई भत्ता उपलब्ध गराउने बताएको छ ।

सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा सङ्घीयता कार्यान्वयनका लागि तीन तहका सरकारको क्षेत्राधिकार र अन्तर सम्बन्धलाई संविधान बमोजिम कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । यसअघि सरकारले स्थानीय तहलाई प्रदेश मातहत राख्न खोजेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

विपक्षी दलहरुले समेत यो विषयमा आपत्ति जनाएका थिए । तर, सरकारले भने सरकारको न्यूनतम साझा कार्यक्रममार्फत तीनै तहका सरकारको क्षेत्राधिकार र अन्तर सम्बन्धलाई संविधान बमोजिम कार्यान्वयन गर्ने गरी कार्यक्रम प्रस्तुत गरेको हो ।

कार्यक्रममा संविधान बमोजिम प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका मन्त्रालय मातहतका निकायहरू हस्तान्तरण गर्ने उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार