२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कोभिड-१९ को महामारी

प्रधानमन्त्री देउवाको सन्देश : "सबैको साझा प्रयासले नियन्त्रण गर्न सफल हुन्छौ, सबै जुटौं "

शनिवार , श्रावण २३, २०७८

काठमाडौं, साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ महामारीको तेस्रो लहर सुरु हुने लक्षण देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गरेका छन् ।

उनले राजनीतिक दललाई भीडभाड हुने गतिविधि नगर्न पनि आग्रह गरेका छन् । उनले व्यापार र व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि व्यवसायीलाई आग्रह गरेका छन् ।

शनिबारदेखि सुरु भएको नेपाल मास्क अभियानको सन्र्दभमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक दलहरुलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गरेका हुन् ।देउवाले अहिले खोप अभियान पनि जारी रहेकाले खोप लगाउन जाँदा सामाजिक दूरी कायम गर्न आग्रह गरे ।

सरकारको एक्लो प्रयासले कोभिड नियन्त्रण गर्न नसकिने भन्दै प्रधानन्त्री देउवाले सबैको साझा प्रयासले कोभिड महामारीलाई नियन्त्रण गर्न सफल हुने विश्वास पनि व्यक्त गरे ।

सरकारले शनिबारदेखि साउन २९ गतेसम्म नेपाल मास्क अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मूलनाराका साथ अभियान सुरु गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार