२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

उपत्यकामा २४ घण्टामा ९१० संक्रमित

शनिवार , श्रावण २३, २०७८

काठमाडौँ, साउन ।  काठमाडौँ उपत्यकामा २४ घण्टामा ९१० जनामा कोरोना भाइरस सङ्क्रमण  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  काठमाडौँमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना रहेका छन् । अघिल्लो दिन काठमाडौँ उपत्यकामा जम्मा ७०१ जना सङ्क्रमित थपिएका थिए । शुक्रबार काठमाडौँमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना सङ्क्रमित थपिएका हुन् । 
यस्तै पछिल्लो २४ घण्टामा देशभर  तीन हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण भएको थियो । एक हजार ७२२ जना सङ्क्रमणमुक्त भएका थिए । 
नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४३२ जना रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार