२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

माओवादी केन्द्रको माग : 'सुकुम्बासी समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर'

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं, साउन  । नेकपा माओवादी केन्द्रले सुकुम्बासी, भूमिहीन किसान, दलित तथा अव्यवस्थित वसोबास समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सुकुम्बासी समस्या समाधानका लागि आयोग गठनको माग गरेको हो । सरकारले १९ साउनमा मात्र देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

तर प्रमुख विपक्षी नेकपा एमालेले यसको विरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार