२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

काँग्रेस पौडेल समूह : 'जिल्ला सभापतिको बैठक बोलायो '

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं, साउन । नेपाली काँग्रेस भित्रको रामचन्द्र पौडेल समूहले महाधिवेशनका विषयमा सभापति शेरबहादुर देउवालाई दबाब दिन जिल्ला सभापतिलाई छलफलमा बोलाएको छ ।

काँग्रेस भित्रको संस्थापन इतर समूह मानिएको पौडेल समूहले २५ साउनका लागि काठमाडौँमा उपलब्ध जिल्ला सभापतिलाई छलफलका लागि बोलाएको हो ।

काँग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसीले काठमाडौँमा उपलब्ध जिल्ला सभापतिलाई महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा छलफल गर्न २५ गतेका लागि बोलाइएको  सञ्चारकर्मीलाई  जानकारी दिए ।

१४ औँ महाधिवेशन पूर्वनिर्धारित मितिमा नहुने पक्का भएपछि पौडेल समूहले जिल्ला सभापतिमार्फत सभापति देउवामाथि दबाब बढाउन खोजेको हो ।

तर सोही समूहका मानिने महामन्त्री डा शशाङ्क कोइरालाले भने शुक्रवार मात्रै महाधिवेशन मङ्सिरमा हुने बताएका थिए । सो क्रममा उनले आफू आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार भएकोसमेत भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार