२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

विकराल बन्दै कोरोना : "१० हजारको मृत्यु, सक्रिय सङ्क्रमित करिब ३५ हजार नाघे"

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं, साउन ।  हाल देशभर कोरोना भाइरसको सङ्क्रमण झनै विकराल भन्दै गएको छ । दैनिक सङ्क्रमित हुनेको सङ्ख्या झन्डै ४ हजारको हाराहारीमा छ । निको हुनेको सङ्ख्या भने २ हजार भन्दा मुनि छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या समेत करिब ३५ हजार पुगेको छ ।

योसँगै दोस्रो लहर नसकिँदै यसैसँग तेस्रो लहर आउने चेतावनी विज्ञहरूले दिएका छन् । टेकु अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले दोस्रो लहर नटुङ्गिँदै तेस्रो लहर सुरु भएको सङ्केत देखिएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

नेपालमा दोस्रो लहरपछि सङ्क्रमण दर औषतमा २० प्रतिशतभन्दा मुनि झरेको छैन । जुनकी सङ्क्रमण कम भएको मानिन ५ प्रतिशत भन्दा मुनि झर्नु पर्ने डा. शेरबहादुर पुनको भनाइ छ ।

यसबीच स्वास्थ्य मन्त्रालयले समेत तेस्रो लहरका लागि तयारी अवस्थामा रहन स्वास्थ्य अस्पताल एवं स्वास्थ्य केन्द्रलाई निर्देशन दिँदै आएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ७२९ मा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख १० हजार ५ सय ९ मा र एन्टिजेन विधिबाट ६७ हजार ८० मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । य

स्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८८५ सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २५ को मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार १९ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ६७५ को नमुना परीक्षण गरिएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ हजार ९८२ रहेको छ । हाल ७३२ को आईसीयु र १५८ को भेन्टीलेटरमा उपचार भइरहेको छ । हालसम्म ४४ लाख ३ हजार २१ ले कोरोना भाइरसविरुद्धको खोपको एक मात्रा र २२ लाख ८५५ ले पूर्ण खोप लगाइ सकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार