२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा : ' ३ हजार ९३८ संक्रमित, ३७ को मृत्यु'

बिहिवार , श्रावण २१, २०७८

काठमाडौं, साउन । पछिल्लो समय कोरोना भाइरस संक्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ को मृत्यु भएको छ।  

यसअघि बुधबार ३५ र मंगलबार २४ को कोरोनाबाट मृत्यु भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर संक्रमित भने ३९३८  थपिएका छन् ।

१८ हजार ४०८ मा परीक्षण गर्दा सो संख्यामा संक्रमित भएको हो ।  यस्तै सोही अवधिमा २०१२  निको भएका छन् भने हाल निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख ८ हजार ७९ र एन्टिजेन विधिबाट ६५ हजार ७८१  पुगेको छ ।

त्यसमध्ये ६ लाख ६३ हजार ६६३ निको भएका छन् भने हालसम्म ९ हजार ९९४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार