२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

जसपा विवाद मुद्धा : ' सर्वोच्चले विपक्षीलाई बोलायो'

बुधवार , श्रावण २०, २०७८

काठमाडौं, साउन । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीलाई बोलाएको छ ।

बुधवार जसपाको ठाकुर पक्षको रिटमाथि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भएको थियो । इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आदेशमा जसपा अध्यक्ष उपेन्द्र यादवसहित अन्य विपक्षीलाई लिखित जवाफसहित उपस्थित हुन भनिएको छ । ठाकुर समूहले भने यादवसहित निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर मुद्धा दायर गरेका थिए ।

दुवै पक्ष उपस्थित भएपछि अन्तरिम आदेशका बारेमा निर्णय हुने सर्वोच्चले जनाएको छ । सर्वोच्चमा निर्वाचन आयोगले हेड काउन्ट गर्ने विषय र यादव पक्षलाई आधिकारिकता दिएपछि गरी दुई मुद्दा ठाकुर पक्षबाट परेको थियो ।

आयोगले आधिकारिकताको टुङ्गो लगाएपछि दायर रिटमा आयोगको निर्णय खारेजीको माग गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार