२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टामा देशभर:३ हजार ३८३ संक्रमित,२४ को मृत्यु

मंगलवार , श्रावण १९, २०७८

काठमाडौं, साउन । पछिल्लो २४ घण्टामा देशभर ३३८३ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २४ जनाको मृत्यु भएको जनाएको छ । १९९४ जना संक्रमणमुक्त भएका छन् । 
देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ । जसमध्ये ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९२२ जनाको मृत्यु भएको छ । 
हाल संक्रमण दर ९४ प्रतिशत रहेको छ देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् । 
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७१८ जनाको नमुना परीक्षण भएको थियो ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार