२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सत्तारुढ गठबन्धन

कार्यदल बैठक साँझ बस्ने : 'सरकारको साझा कार्यक्रमको मस्यौदामाथि छलफल गरिँदै '

मंगलवार , श्रावण १९, २०७८

काठमाडौं, साउन । सत्तारुढ गठबन्धनको न्युनतम साझा कार्यक्रम तयार पार्न मंगलबार विहान बसेको कार्यदलको बैठक साँझ फेरि बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धन सरकारको साझा कार्यक्रमको मस्यौदामाथि छलफल भएको थियो । कार्यदलका सदस्यसचिव केशव जोशीका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबार नै टुंगो लगाउने तयारी छ । कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाएपछि सार्वजनिक गरिने एक सदस्यले बताए ।

कार्यदलको प्रतिवेदनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने कांग्रेस महामन्त्री एवं कार्यदलका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए ।

कांग्रेस महामन्त्री खड्का संयोजकत्वको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार