२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

झापा : 'कोरोना संक्रमणबाट चारको मृत्यु'

मंगलवार , श्रावण १९, २०७८

झापा, साउन । कोरोना भाइरस सङ्क्रमणबाट दमकका दुईसहित झापामा सोमवार एकै दिन चारको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक- १ का ६३ वर्षीय पुरुष र दमक- ७ का ५० वर्षीय पुरुष रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्र बेलडाँगी व्यवस्थापन समितिकी सदस्य सचिव देवी दंगालका अनुसार मृतक दुवैको दमकस्थित एडभान्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भुसको आगो जस्तै फैलियो कोरोना :

झापाका घरैपिच्छे संक्रमित यसैगरी शिवसताक्षीका दुई सङ्क्रमितको मृत्यु भएको नगरस्थित स्वास्थ्य शाखाले जनाएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं। ११ दूधे निवासी ४३ वर्षीय महिला खनाल र शिवसताक्षी -६ शिवगञ्जका ६० वर्षीय अधिकारी थरका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

ती दुवैको बिर्तामोडस्थित बिर्ता सिटी र विराटनगरमा उपचारका क्रममा मृत्यु भएको नगरका कोभिड फोकल पर्सन रोशन अधिकारीले जानकारी दिए । यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ६३ पुगेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार